कर्णाली प्रदेश सरकार
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
कृषि विकास निर्देशनालय
वीरेन्द्रनगर, सुर्खेत
चित्र बहादुर रोकाय
9858053125
doadsurkhet@gmail.com
तिलक प्रसाद पाण्डे
९८५८०७१३०६
doadsurkhet@gmail.com
परिचय पहाडी १० जिल्ला रहेको कर्णाली प्रदेश भौगोलिक विविधतायुक्त छ। कुल ७९ वटा स्थानिय तह रहेको यस प्रदेशमा देशको २७९८४ square kilometers भूभाग अवस्थित छ, भने जनसंख्या १५,७०,४१८ रहेको छ । प्रदेशको कूल ग्राहस्त उत्पादनको ४५.६ प्रतिशत कृषि क्षेत्रले ओगटेको छ अत: कृषि क्षेत्र यस प्रदेशको जिविकोपार्जनको आधार रहनुका साथै आर्थिक विकासको लागि प्राथमिकता प्राप्त क्षेत्र हो । यो प्रदेश भौगोलिक विविधता र पुर्वाधार विकासको दृष्टीकोणवाट समेत कृषि विकास मार्फत समृद्धीका लागि प्रचुर सम्भावना बोकेको क्षेत्र हो । समग्र प्रदेशको कृषि क्षेत्रको नीति तथा योजना तर्जुमामा पृष्ठपोषण गर्ने, कृषि विकास कार्यक्रमहरु संचालन तथा नियामक कार्य गर्ने गराउने र मातहतका निकायहरुलाई प्रशासनिक व्यवस्थापन तथा नियमन गर्ने कार्य गर्नका लागि मिति २०७५/०६/२५ गते कर्णाली प्रदेश , भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका माननिय मन्त्री बिमला के.सी. ज्यूबाट सम्उद्घाटन गरी कर्णाली प्रदेश , भूमि व्यस्था कृषि तथा सहकारी मन्त्रालय मातहत कृषि विकास निर्देशनालय, बिरेन्द्रनगर सुर्खेत मा स्थापना भएको छ । निर्देशनालयलाई तोकिएको जिम्मेवारी प्रभावकारी ढंगबाट सम्पादन गर्न सम्पूर्ण सरोकारवाला निकायहरुको सहकार्य,सहयोग र समन्वयको अपेक्षा गर्दछौं । कृषि विकास निर्देशनालय बिरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश , नेपाल उदेश्य१. सम्भाव्यता तथा भौगोलिक विषेशताका आधारमा कृषि उत्पादन‚उत्पादकत्व वृद्धि गर्ने । २. निर्वाहमुखी कृषि प्रणालीलाई नाफामुलक‚ दिगो एवं व्यवसायिक प्रणालीमा रुपान्तरण गर्ने। ३. कृषिमा आधारित उद्योग विकास गरी... थप हेर्नुहोस
शीर्षक | प्रकाशित मिति | डाउनलोड | |
---|---|---|---|
राष्ट्रिय खाद्य स्वच्छता नीति २०७५ | 2076-09-03 | ||
कृषि प्रसार कार्यक्रम संचालन तथा नर्म्स, २०७५ | 2076-09-03 | ||
राष्ट्रिय कृषि-वन नीति २०७६ | 2076-09-03 |