कर्णाली प्रदेश सरकार

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

वीरेन्द्रनगर, सुर्खेत

परिचय

परिचय


पहाडी १० जिल्ला रहेको कर्णाली प्रदेश भौगोलिक विविधतायुक्त छ। कुल ७९ वटा स्थानिय तह रहेको यस प्रदेशमा देशको २७९८४ square kilometers भूभाग अवस्थित छ, भने जनसंख्या १५,७०,४१८ रहेको छ । प्रदेशको कूल ग्राहस्त उत्पादनको ४५.६ प्रतिशत कृषि क्षेत्रले ओगटेको छ अत: कृषि क्षेत्र यस प्रदेशको जिविकोपार्जनको आधार रहनुका साथै आर्थिक विकासको लागि प्राथमिकता प्राप्त क्षेत्र हो । यो प्रदेश भौगोलिक विविधता र पुर्वाधार विकासको दृष्टीकोणवाट समेत कृषि विकास मार्फत समृद्धीका लागि प्रचुर सम्भावना बोकेको क्षेत्र हो । समग्र प्रदेशको कृषि क्षेत्रको नीति तथा योजना तर्जुमामा पृष्ठपोषण गर्ने, कृषि विकास कार्यक्रमहरु संचालन तथा नियामक कार्य गर्ने गराउने र मातहतका निकायहरुलाई प्रशासनिक व्यवस्थापन तथा नियमन गर्ने कार्य गर्नका लागि मिति २०७५/०६/२५ गते कर्णाली प्रदेश , भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका माननिय मन्त्री बिमला के.सी. ज्यूबाट सम्उद्घाटन गरी कर्णाली प्रदेश , भूमि व्यस्था कृषि तथा सहकारी मन्त्रालय मातहत कृषि विकास निर्देशनालय, बिरेन्द्रनगर सुर्खेत मा स्थापना भएको छ । निर्देशनालयलाई तोकिएको जिम्मेवारी प्रभावकारी ढंगबाट सम्पादन गर्न सम्पूर्ण सरोकारवाला निकायहरुको सहकार्य,सहयोग र समन्वयको अपेक्षा गर्दछौं । कृषि विकास निर्देशनालय बिरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश , नेपाल


उदेश्य


  • १. सम्भाव्यता तथा भौगोलिक विषेशताका आधारमा कृषि उत्पादन‚उत्पादकत्व वृद्धि गर्ने ।
  • २. निर्वाहमुखी कृषि प्रणालीलाई नाफामुलक‚ दिगो एवं व्यवसायिक प्रणालीमा रुपान्तरण गर्ने।
  • ३. कृषिमा आधारित उद्योग विकास गरी रोजगारी एवं आयस्तर वृद्धि गर्ने।
  • ४. कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने।
  • ५. Adaptive research संचालन गरी प्रविधि विस्तार‚ verification गर्ने।
  • ६. कृषि उपजहरुको बजार व्यवस्था एवं कृषिजन्य लघुउद्यमहरुलाई बढावा दिई गैर फार्म रोजगारी वृद्धि गर्ने।
  • ७. कृषि विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम राख्ने।

  • योजना

  • १. स्थान विशेषको संभाव्यताको आधारमा बाली विशेष क्षेत्रहरुको पहिचान गरी संभाव्य बालीको व्यवसायिक उत्पादनमा जोड दिने।
  • २. कृषि उद्यमी‚ निजी क्षेत्र‚ अनुसन्धान केन्द्र‚ कृषि विश्वविद्यालयको सहभागितामा कृषि प्रविधिहरुको विकास टेवा पुर्याउन प्रचार प्रसार गर्ने र श्रोत केन्द्रहरुको विकास एवं विस्तार गर्ने ।
  • ३. कृषि मूल्य र बजार सूचनाहरुको संकलन‚विश्लेषण र प्रवाह गर्नुका साथै बजार व्यवस्थापनका लागि आवश्यक पूर्वाधारको विकास गर्ने।
  • ४. कृषि उत्पादनलाई कृषिजन्य उद्योगसँग आवद्ध गराउँदै लगी उत्पादन र उद्योगबीच तादम्यता राख्ने।
  • ५. भूवनोटको अधिकतम सदुपयोग गरी बाली विविधिकरण‚ व्यवसायीकरण‚व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने किसिमका उत्पादन कार्यक्रम संचालन गर्ने।
  • ६. सिंचित क्षेत्रमा सघन बाली उत्पादन‚साना सिंचाई लगायत कृषि उत्पादनशील क्षेत्रमा जलश्रोतको सदुपयोगमा प्राथमिकता दिने।
  • ७. पिछडिएका कृषक‚महिलाको उत्थानलाई लक्षित गरी कृषि विकासका कार्यक्रम संचालन गर्ने ।
  • ८. कृषि पर्यटनको विकास तथा विस्तारमा जोड दिने।
  • ९. स्थानीय‚रैथाने‚लोपोन्मुख बाली वस्तुहरुको संरक्षण, सम्वर्द्धन तथा उपयोगमा बढावा दिने।
  • १०. खेतीयोग्य जग्गा बाझो राख्ने प्रवृतिलाई निरुत्साहित गर्दै बाझो जग्गा सदुपयोगका लागी योजना‚ कार्यक्रम कार्यान्वयनमा जोड दिने।
  • ११. कृषिउपज उत्पादन‚प्रशोधन‚ भण्डारण एवं वितरण प्रणालीमा प्रविधि विकास‚ अनुसरण‚ अवलम्बन‚ उत्पादन र भण्डारणका क्रममा हुने हानी नोक्सानी न्युनीकरण प्रविधि अवलम्वनमा जोड दिने।